नांगै समुद्रमा डुबुल्की मारेर विश्वकिर्तिमान कायम गर्ने लोभमा ५ सय २५ जनानांगिएका छन् । यसअघिको ४ सय १३ जनाको किर्तिमान भंग गर्न भन्दै न्युजिल्याण्डका विभिन्न दुइ समुद्री तटमा महिला पुरुषहरु निसंकोच नांगिएकाहुन् । तर दुर्इ भिन्नाभिन्नै ठाउँमा नांगिएकाले उनीहरुले एकै ठाउँमा बढि मानिस नांगिएर डुबुल्की मारेको विश्व रेकर्ड तोड्न भने सकेनन् ।

यो पाला पापामोआ तटमा २९९ र क्रिस्टचर्च समर तटमा २२६ जना महिला पुरुष नांगिएर समुद्रमा डुबुल्की मारेका हुन् ।दुर्इ ठाउँमा गरेर ५ सय २५ जना एकैदिन समुद्रमा नांगिएका भएपनि गिनिज बुकका अधिकारीहरुले एकै ठाउँमा एकैपटक नांगिएकाको मात्र गणना गरिने भन्दै दुई भिन्नै ठाउँमा नांगिएकाले त्यसलाई छुट्टाछुट्टै कार्यक्रमको रुपमा लिइने स्पष्ट पारेको छ ।